अर्थ

ऋण नतिर्ने भन्दै अराजक गतिविधि बढेपछि बैंकर्स संघले माग्यो सुरक्षा

Banner

काठमाडौं, फागुन १८-

बैंकमा काम गर्ने कर्मचारीले असुरक्षित हुन थालेपछि नेपाल बैंकर्स संघले गृहसचिव तथा नेपाल प्रहरीका प्रमुखलाई भेटेर सुरक्षा मागेको छ ।

संघका अध्यक्ष सुनिल केसीको नेतृत्वमा गएको संघको टोलीले गृहसचिव विनोदप्रकाश सिंह तथा धिरजप्रताव सिंहलाई भेटेर सुरक्षा मागेको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने भन्दै अराजक गतिविधि बढ्न थालेको छ । केही स्थानमा बैंकका कर्मचारीलाई समेत हातपात समेत हुन थालेको छ ।

गृहसचिव र प्रहरी प्रमुखले बैंकर्स संघको टोलीलाई सुरक्षा प्रदान हुने आश्वासन दिएका छन् । संघका अध्यक्ष केसीको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष सन्तोष कोइराला तथा कार्यसमिति सदस्य सुदेश खालिङ तथा संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सहभागी थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>