Breaking News

चितवनमा बालयौंन दुव्र्यवहार बढ्दो, गत वर्ष भन्दा यस वर्षको सात महिनामा नै बढे उजुरी

Banner

निरुता विक

चितवन, फागुन १३-

चितवनमा बालयौन दुव्र्यवहार बढ्दै गएको छ ।

पछिल्लो समय प्रहरीले गरेको खोज अनुसन्धानले गर्दा घटना बाहिर आएका कारण बालयौन दुव्र्यवहार गर्नेको संख्या बढ्दै गएको हो । यसबारेमा अधिकांश घटना बाहिर आए पनि कतिपय घटना बाहिर आउन सकिरहेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७\७८ मा जिल्लामा बालयौन दुव्र्यवहारको १० मुद्दा दर्ता भएको छ । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा १७ मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७९\८० को सात महिनामा मात्रै जिल्लामा १८ मुद्दा दर्ता भएको छ । यो वर्षको पहिलो सात महिनामा बिगत वर्षभन्दा बढी मुद्दा दुव्र्यवहारका दर्ता भएका छन् । कार्यालयका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले गत वर्षको तुलना गर्दा यस आर्थिक वर्षमा बालयौन दुव्र्यवहार गर्नेको संख्या जिल्लामा बढ्दै गएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले बालयौन दुव्र्यवहारको घटना बर्सेनि बढ्दै गएको बताए । उनले भने, ‘विशेषगरी स्कुल पढ्ने १४ देखि १५ वर्ष सम्मको किशोरीहरुमा बालयौन दुव्र्यवहारको घट्ना बढ्दै गएको छ ।’ उनले चिनजानको व्यक्तिबाट, छिमेकीबाट शिक्षक तथा प्रधानाध्यापक आदिबाट यौन दुव्र्यवहारमा परेको बताए ।

दुव्र्यवहारबारे आएका समाचार र जनचेतनाका कारणले पनि यस्ता घटनामा उजुरी दिने क्रम बढेको देखिन्छ । भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ सुनिलकुमार शाहाले पछिल्लो समय बालयौन दुव्र्यवहारसम्बन्धी खोज अनुसन्धान बढी भएकोले घटना बाहिर आएको बताए । उनले सही नियतको छुवाई र गलत नियतको छुवाईको बारेमा किशोरीहरु जानकार हँुदा यस्ता घट्ना बहिर आएको उनको विचार छ । उनले भने, ‘कोरोना कारण, आर्थिक अवस्था, राजनीतिक, बेरोजगार, बसाईसराई, लागुऔषध सेवनलगायत कारण बाल यौन दुव्र्यवहारका घट्ना बढ्दै गएको छ ।’ उनले पहिला घटनालाई दबाएर राख्ने, घटना मिलाउने जस्ता कार्य हुन्थ्यो भने अहिले जनमानसमा चेतनाको विकास हुनु र आफनो पीडा सुनिदिने ठाउँ छ भनी प्रहरीमा उजुरी दिनेको संख्या देख्न सकिने बताए ।

मुलुकीअपराध संहिता २०७४ मा कसैले करणीका आशयले बालबालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा, योन सम्बन्धी निजको अंग छोएमा वा समातेमा यौन सम्बन्धी आफ्नो अंग छुन वा समाउन लगाएमा वा अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिने कानुनी व्यवस्था छ ।

के हो बालयौन दुव्र्यवहार ?

बालयौन दुव्र्यवहार भन्नाले यौनका लागि वा यौनजन्य क्रियाकलाप गरी कसैले कुनै बालबालिकालाई गलत व्यवहार गर्ने कार्य भन्ने बुझिन्छ । बालयौन दुव्र्यवहार बालबालिका विरुद्धको हिंसा हो । करणीका आशयले नाबालकलाई गर्ने शंकास्पद कार्यलाई बालयौन दुव्र्यवहार भनिन्छ । खासगरी यौन कार्य भनेको के हो भन्ने जानकारी नै हुने अवस्था नभएका स–सानाबाल बच्चालाई यौनजन्य कार्यमा संलग्न गराउनुलाई नै बालयौन दुव्र्यवहार वा दुराचार भनिन्छ ।

सजाय

बालबालिका सम्बन्धी ऐन–२०७५ माबालबालिका विरुद्ध हुने दुव्र्यवहारको कसुर गरेमा कसुरको मात्रा अनुसार ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैद हुने प्रावधान रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>