समाज

लाइसियम उत्सव २०७९ मा विभिन्न प्रतियोगिताको आयोजना

Banner

रत्ननगर, फागुन १३–

रत्ननगर नगरपालिका–१ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व र रत्ननगर–१ का वडा अध्यक्ष कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा विविध कार्यक्रमसहित लाइसियम उत्सव २०७९ सम्पन्न गरेको छ । प्रमुख अतिथि सापकोटाले उद्घाटन गरेको कार्यक्रममा २७ जना प्रतियोगिहरुले आफ्नो विविध प्रतिभा प्रदर्शन गरेका थिए भने बालबालिकाहरुले तयार गरेको आर्ट एण्ड क्राफ्ट, लिटरेचर, विज्ञान र गणीत सम्वन्धि विभिन्न क्रियाकलापसहित प्रतियोगी विद्यार्थीहरुले आफ्ना घरमा गरेका दैनिक क्रियाकलापहरु समेटिएको भिडियो समेत प्रर्दशन गरिएको थियो ।

विद्यार्थीहरुका कलात्मक क्रियाकलापहरुको सचित्र प्रस्तुत गरिएका विद्यालयका चार वटा कक्षा कोठाहरु र लवि समेत दुलही जस्तै सिंगारिएको भान हुन्थ्यो भने विद्यार्थीहरुले सिक्नका लागि गरेको मेहनत र विद्यालयको वातावारणले व्यवहारिक र वालमैत्री शिक्षाका लागि लाइसियम स्कुल अगाडि बढि रहेको देखिन्थ्यो । विद्यालयका प्रधानाध्यापक शंकर पौडेलले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा प्रतियोगिहरुले मञ्चमा आकर्षक ढंगले आफ्नो परिचय दिनुका साथैै आफु भित्र रहेको प्रतिभालाई निखारिएको रुपमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सापकोटाले लाइसियम स्कुलले सैद्धान्तिक ज्ञानका अतिरिक्त समय सापेक्ष व्यवहारिक ज्ञान दिएको कुरा प्रदर्शनी र प्रस्तुतिले स्पष्ट देखाएको बताए । रत्ननगर–१ लाइसियम स्कुलको सुख दुखको साथी बनेर सहयात्रा गर्न सधै तत्पर रहेको उनले प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा गत फागुन ७ गते गठन भएको लाइसियम पूर्व विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यहरुलाई प्रवन्ध निर्देशक पन्तले सपथ ग्रहण गराएका थिए ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष सुमन पौडेलले आफुले अध्ययन गरेको समयमा भन्दा लाइसियमले धेरै फड्को मारेको, नविन तरिकाले सिक्ने वातावरण तयार गरेकोमा प्रशंसा गरे । पूर्व विद्यार्थी समाजका तर्फबाट विद्यालयलाई सधै सकारात्मक सहयोग भई रहने उनले प्रतिबद्धता जनाए । शिक्षक अभिभावक संघका अध्यक्ष पुष्पराज भण्डारी तथा सञ्जना चौधरी प्रतियोगिताको मुल्याङ्कनका लागि निर्णायक रहेकामा लाइसियम इनोभेटिभ ट्यालेन्ट हन्ट प्रतियोगितामा कक्षा ८ कि छात्रा खुशी तिमिल्सीना विजयी घोषित भईन् । कक्षा ७ कि छात्रा रितिका चौधरी फस्ट रनर अप र कक्षा ९ कि छात्रा समिपा पाठक सेकेन्ड रनर अप घोषणा भई पुरस्कार, प्रमाण पत्र र क्राउनद्धारा सम्मानित गरिएको थियो ।

उक्त प्रतियोगितामा बेस्ट स्माईलतर्फ अनुष्का कंडेल, ड्रेसतर्फ निमिता चौधरी, अनुशासनतर्फ रितिका चौधरी, क्याट वाकतर्फ वर्षा राना, क्रियटिभिटीतर्फ सन्दीपा कुमाल, कन्फीडेन्स र पपुलारीटीतर्फ खुशी तिमिल्सीना र बेस्ट पर्सालिटीतर्फ समिपा पाठक उत्कृष्ट घोषित भई पुरस्कृत भएका थिए । कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुको फेन्सी ड्रेस कम्पीटिसन आयोजना गरिएको थियो भने कक्षा नौका विद्यार्थीहरुको आयोजनामा विभिन्न खानाका परिकारहरु तयार गरी प्रदर्शन तथा विक्रि वितरण गरेर फूट फेस्टीवल समेत आयोजना गरिएको थियो ।

निपनी टोल विकास संस्थाका अध्यक्ष टोप बहादुर सिलवाल, कैलाश टोल विकास संस्थाका अध्यक्ष काशिनाथ शर्मा सहित विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक संघका सदस्यहरु, अभिभावक र विद्यार्थीहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए भने शिक्षक भिमा कुमारी थापा र अनिल महतोले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>