Breaking News

चितवनका किसान लगातार आन्दोलित,कालो बेलुन उडाएर सरकारको विरोध

Banner

चितवन,फागुन १२-

राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै चितवनका किसानहरूले शुक्रबार दोस्रो चरणको आन्दोलन सुरू गरेका छन्। किसानका मागहरू सम्बोधन गर्न दबाबका लागि सडकमा कालो बेलुन उडाएर प्रदर्शन गरिएको किसान संघर्ष समिति चितवनका संयोजक लेखनाथ भुषालले जानकारी दिए।

भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा प्ले कार्डसहित भेला भएका किसानहरू जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको पुल्चोक पुगेका थिए । ‘राजमार्गमा ट्याक्टरसहित किसान प्रर्दशनमा उत्रिएका थिए । किसानले माग सम्बोधन गर्ने आश्वासन धेरै आए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । कार्यान्वयनका लागि दबाब दिन किसानहरू गाउँगाउँबाट प्रदर्शनमा सहभागी भएका छन्। किसानले उठाएका मागहरू सम्बोधनका लागि आश्वासनमात्र आएकाले कार्यान्वयनमा दबाब दिन दोस्रो चरणको आन्दोलन गर्नु परेको भुषालले बताए ।

नेपालमा पर्याप्त उत्पादन हुने तरकारी, फलफूल भारतबाट आयात नगर्न, रासायनिक मल सहज रूपमा पाउने व्यवस्था गर्न, मलमा भइरहेको कालोबजारी रोक्न, किसानले पाउने अनुदानमा गरिएको कटौतीको निर्णय फिर्ता लिन किसानले माग गरेका छन्। उनीहरूले किसानले उठाएका दस बुँदे मागहरूलाई नीतिगत रूपमा कार्यान्वयन गर्न दबाब दिँदै आएका छन्।

गत माघ २० गते किसानहरूले नारायणगढको पुल्चोकस्थित पूर्व-पश्चिम राजमार्गमा तरकारी फालेर किसान आन्दोलनको घोषणा गरेका थिए। उक्त प्रदर्शनपछि प्रधानमन्त्री, कृषि मन्त्रीलगायातले किसानका मागहरू सम्बोधन गर्ने आश्वासन दिएका थिए। तर कार्यान्वयन नहुँदा किसानका समस्या उस्तै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>