अर्थ
यातायात कार्यालय चितवनद्वारा यस वर्षको सात महिनामा ३१ प्रतिशत बढी राजस्व संकलन

प्रतिमा कुमाल
चितवन, फाुगन ११-
यातायात व्यवस्था सेवा कार्यालय चितवनको राजस्व संकलन प्रत्यक वर्ष बढ्दो क्रममा रहेको छ ।
आर्थिक वर्ष २०७५–०७६ देखि चालु आर्थिक वर्षसम्मको तथ्याङ्क मूल्याङ्कन गर्दा बर्सेनि राजस्वमा बृद्धि भएको देखिएको हो ।
कार्यालयका लेखा प्रमुख शमराटमणि अधिकारीले दिएको तथ्याङ्क अनुसार आव २०७५–०७६ मा यस कार्यालयले ४५ करोड ३३ लाख ७ हजार ९३.९ रुपैयाँ राजस्व संकलन गरेको थियो । जसमा यातायात क्षेत्रबाट पाँच करोड, ७६ लाख, ८८ हजार ४१५.९२ रुपैयाँ आम्दानी भएको थियो भने क्रमशः सवारीसाधन करबाट ३७ करोड, ७२ लाख ६२ हजार ६३ रुपैयाँ उठेको थियो । सवारी दस्तुरबाट एक करोड ५३ लाख ८६ हजार ६१५ संकलन भएको थियो । प्रशासनिक दण्ड जरिवाना प्रति भने यस वर्ष शून्य संकलन रहेको छ ।
आर्थिक वर्ष २०७५–०७६ र आब २०७६–०७७ को तुलना गर्दा तीन प्रतिशतले राजस्व संकलन बृद्धि भएको देखिन्छ । यस वर्ष ४६ करोेड ५३ लाख ६९ हजार २०६ रुपैयाँ राजस्व संकलन भएको थियो । जसमा यातायात क्षेत्रबाट ४८ लाख ९५ हजार २५२ आम्दानी भएको थियो । प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ४५ हजार ३१ रुपैयाँ उठेको थियो । सवारीसाधन करबाट ४० करोड ८८ लाख ८ हजार ३८५ रुपैयाँ र सवारी दस्तुरबाट एक करोड ४८ लाख ८५ हजार ५३८ रुपैयाँ संकलन भएको देखिन्छ ।
आब २०७६–०७७ र २०७७–०७८ बीचको तुलना गर्दा यस वर्ष २२ प्रतिशतले राजस्व संकलनमा बृद्धि भएको छ । यस वर्ष ५६ करोड ९५ लाख ७० हजार ३१५ कुल राजस्व संकलन भएको थियो । जसमध्ये यातायात क्षेत्रबाट ५१ लाख ८७ हजार ९६२ रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट ६ लाख ३६ हजार १७७ रुपैयाँ, सवारीसाधन करबाट ४९ करोड ८६ लाख ७४ हजार २९२ र सवारी दस्तुरबाट एक करोड ९१ लख ७१ हजार ८८१ राजस्व संकलन भएको थियो ।
यस्तै आव २०७७–०७८ र २०७८–०७९ को तुलना गर्दा २४ प्रतिशतले राजस्व संकल बढेको छ । यस वर्ष ७० करोड ८७ लाख २९ हजार ६२८ कुल राजस्व संकलन भएको थियो । राजस्व शीर्षक अनुसार हेर्दा यस वर्ष यातायात क्षेत्रबाट पाँच करोड ७८ लाख १८ हजार ५१६ आम्दानी भएको छ । क्रमशः प्रशासनिक दण्ड जरिवानाबाट ५६ लाख १९ हजार ८८६ रुपैयाँ, सवारी साधन करबाट ५७ करोड ८४ लाख ५६ हजार ८३ रुपैयाँ र सवारी दस्तूरबाट ६ करोड ६७ लाख ३५ हजार १४३ रुपैयाँ उठेको देखिन्छ ।
चालु आर्थिक बर्ष २०७९–०८० को सात महिनामा भने ४८ करोड २८ लाख ८६ हजार ७०२ रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आवको माघ मसान्तसम्म ३१ प्रतिशत बढी राजस्व संकलन भएको लेखा प्रमुख अधिकारीले जानकारी दिए । प्रदेशमा सवारीसाधन चालकको संख्या बढ्दै गएकाले राजस्वमा बृद्धि हुदै गएको उनको भनाइ थियो ।
चालु आर्थिक वर्षको राजस्व शीर्षक अनुसार हेर्दा सात महिनामा यातायात क्षेत्रबाट दुई करोड ९३ लाख ९७ हजार १९ रुपैयाँ आम्दानी भएको छ । सवारीसाधन कर तर्फ ४० करोड ८८ लाख ३५ हजार ७०५ रुपैयाँ उठेको छ । सवारी दस्तुरबाट चार करोड ४६ लाख ५३ हजार ९८७ रुपैयाँ संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।
























