चितवन विशेष

चितवन–२ को उपनिर्वाचनमा पहिलेभन्दा धेरै मतान्तरले रविले जित्ने निश्चित छः संयोजक भुसाल

Banner

प्रतिमा कुमाल

चितवन, फागुन १०–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चितवन संयोजक कृष्ण प्रसाद भुषालले चितवन–२ को उपनिर्वाचनमा पहिले भन्दा धेरै मतान्तरले जित्ने दाबी गरेका छन् ।

स्वतन्त्र पार्टीको तर्फबाट भर्खरै चितवन जिल्लाको कमाण्ड सम्हालेका भुसालले नारायणी अनलाइनसँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।

प्राविधिक त्रृटिका कारण उपनिर्वाचनमा गए पनि पूनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलेनै जित्ने भुसालले बताए । ‘सानो प्राविधिक त्रृटिका कारण सबै प्रक्रियाहरु माथि धावा बोलियो । तर, उहाँको क्षमता, कामको मूल्याङ्कन जनताले गरिसक्नु भएको छ । देशको मुहार फेर्न रवि बाहेक अर्को कुनै विकल्प छैन भन्ने आमनागरिकले बुझिसक्नु भएको छ । त्यसैले आउदो उप–निर्वाचनमा मंसिर ४ गते भएको निर्वाचनको परिणाम भन्दा बढी मत परिणामले जित्छौं भने हामी विश्वस्त छौं’, उनले बताए ।

चितवन क्षेत्र नंं. २ को उपनिर्वाचन वैशाख १० गते हुुँदै छ । रवि माथि फेरि पनि अक्रमण भए चितवन बाँसी चुपलागेर नबस्ने भुसालले चेतावनीसमेत दिएका छन् । उनले भने, ‘फेरि पनि अरु कुनै विवाद झिकेर उनलाई ब्याक गर्न खोजिएला भन्ने शंकाहरु सुनिरहेका छौं । तर अब पनि रवि माथि कुनै आक्रमण भयो भने र उनको खुट्टा तान्न खोजियो भने हामी चितवनबासी मुकदर्शक भएर बस्न सक्दैनौं । रवि एक विचार हो । हामी त्यो विचारलाई मर्न दिँदैनौं । यस्तो खालको प्रयास गरियो भने चुनावलाई पनि बहिस्कार गरेर सडकमा उत्रिन तयार छौं ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ गैरकानुनी प्रधानमन्त्री रहेको भुसालले कुराकानीमा दाबी गरेका छन् ।

उनले भने, ‘त्यही नागरिकताको आधारमा रवि लामिछानेलाई चितवन जिल्ला अदालतले उमेद्वार हुने छुट दिएको हो । अरु कुनै नौलो नागरिकता हेरेर छुट दिएको थिएन । त्यही नागरिकताको आधारमा चुनाव लडेर गृहमन्त्रीसम्म बन्नुभयो । सोही नागरिकता भएका लामिछानेको सपोर्टमा वर्तमान प्रधानमन्त्री ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभयो । यदि रवि गलत हुन् भने ‘प्रचण्ड’ पनि आधिकारिक प्रधानमन्त्री होइनन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>