चितवन विशेष

चितवन–२ को उपनिर्वाचनमा पहिलेभन्दा धेरै मतान्तरले रविले जित्ने निश्चित छः संयोजक भुसाल

०
Banner

प्रतिमा कुमाल

चितवन, फागुन १०–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चितवन संयोजक कृष्ण प्रसाद भुषालले चितवन–२ को उपनिर्वाचनमा पहिले भन्दा धेरै मतान्तरले जित्ने दाबी गरेका छन् ।

स्वतन्त्र पार्टीको तर्फबाट भर्खरै चितवन जिल्लाको कमाण्ड सम्हालेका भुसालले नारायणी अनलाइनसँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।

प्राविधिक त्रृटिका कारण उपनिर्वाचनमा गए पनि पूनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलेनै जित्ने भुसालले बताए । ‘सानो प्राविधिक त्रृटिका कारण सबै प्रक्रियाहरु माथि धावा बोलियो । तर, उहाँको क्षमता, कामको मूल्याङ्कन जनताले गरिसक्नु भएको छ । देशको मुहार फेर्न रवि बाहेक अर्को कुनै विकल्प छैन भन्ने आमनागरिकले बुझिसक्नु भएको छ । त्यसैले आउदो उप–निर्वाचनमा मंसिर ४ गते भएको निर्वाचनको परिणाम भन्दा बढी मत परिणामले जित्छौं भने हामी विश्वस्त छौं’, उनले बताए ।

चितवन क्षेत्र नंं. २ को उपनिर्वाचन वैशाख १० गते हुुँदै छ । रवि माथि फेरि पनि अक्रमण भए चितवन बाँसी चुपलागेर नबस्ने भुसालले चेतावनीसमेत दिएका छन् । उनले भने, ‘फेरि पनि अरु कुनै विवाद झिकेर उनलाई ब्याक गर्न खोजिएला भन्ने शंकाहरु सुनिरहेका छौं । तर अब पनि रवि माथि कुनै आक्रमण भयो भने र उनको खुट्टा तान्न खोजियो भने हामी चितवनबासी मुकदर्शक भएर बस्न सक्दैनौं । रवि एक विचार हो । हामी त्यो विचारलाई मर्न दिँदैनौं । यस्तो खालको प्रयास गरियो भने चुनावलाई पनि बहिस्कार गरेर सडकमा उत्रिन तयार छौं ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ गैरकानुनी प्रधानमन्त्री रहेको भुसालले कुराकानीमा दाबी गरेका छन् ।

उनले भने, ‘त्यही नागरिकताको आधारमा रवि लामिछानेलाई चितवन जिल्ला अदालतले उमेद्वार हुने छुट दिएको हो । अरु कुनै नौलो नागरिकता हेरेर छुट दिएको थिएन । त्यही नागरिकताको आधारमा चुनाव लडेर गृहमन्त्रीसम्म बन्नुभयो । सोही नागरिकता भएका लामिछानेको सपोर्टमा वर्तमान प्रधानमन्त्री ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभयो । यदि रवि गलत हुन् भने ‘प्रचण्ड’ पनि आधिकारिक प्रधानमन्त्री होइनन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>