समाचार

कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था स्थिर, आज दुई शल्यक्रिया हुने

Banner

काठमाडौँ, फागुन ५–

नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद भण्डारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पतालमा शल्यक्रिया हुन लागेको हो ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार शुक्रवार बिहान १० बजे र दिउँसो २ बजे भण्डारीको शल्यक्रिया हुनेछ । बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको उनले जानकारी दिएका छन् । कांग्रेस नेता योगराज कँडेल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्।

शुक्रबार राती ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासि लागेको आगोमा परी सांसद भण्डारी र उनको आमा गम्भीर घाइते भएका थिए । सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित अस्पतालमा पुर्याईएका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि एअर एम्बुलेन्समार्फत थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो । सांसद भण्डारीकी आमाको भने हिजै कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>