समाचार

प्रधानमन्त्रीको भारत भ्रमण गौतमबुद्ध विमानस्थलबाट हुनु उपयुक्त : विज्ञ

Banner

काठमाडौँ, फागुन ३–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने पर्यटन सम्बद्ध विज्ञ तथा व्यवसायीको धारणा छ।

प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्ने भारत भ्रमणबारे सोमबार भारतका विदेश सचिव विनयमोहन क्वात्रासँग अनुकूल समयबारे छलफल भएको थियो । पहिलो पटक प्रधानमन्त्री हुँदा चीनबाट विदेश भ्रमण सुरु गरेका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतमा नै गरेका थिए । यस पटक पनि पदभार ग्रहण गरेलगत्तै उनले आफ्नो पहिलो विदेश भ्रमण भारतमा नै हुने उल्लेख गरेका थिए ।

भारत भ्रमणको मिति तय नभए पनि प्रधानमन्त्रीले भारत भ्रमणमा ऊर्जा, व्यापार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), कृषि, शिक्षा र संस्कृतिसँगै हवाई सेवालाई पनि प्राथमिकता दिनुपर्ने विज्ञहरूको धारणा छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा यस पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली गए हवाई रुट र भैरहवा विमानस्थलमा जडान गरिएका उपकरण सञ्चालनमा थप सहजता हुन सक्ने विश्वास विज्ञहरूको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>