समाचार
भ्यालेन्टाइन डे विशेष कविता ‘यो के गरायो ….’
०

नशालु त्यो आँखाले लठ्ठ गरायो
एकसुरे तिमीलाई नै हेर्ने बनायो
तिम्रो त्यो रूपले यो के गरायो
यो मनलाई झनै मगन बनायो
मुटुभरि तिमी नै तिमी घुम्छौ वरिपरि
सास फेर्दा ढुकढुकी बढ्छ घरीघरी
तिम्रो त्यो रूपले यो के गरायो
यो जोबनलाई निकै चञ्चल बनायो
एकपल तिमी ओझेल हुँदा आँखा रसाउँछ
होस छैन बेहोसीमा तिम्रै नाम बरबराउँछ
तिम्रो त्यो रूपले यो के गरायो
यो तनलाई सीधै पागल बनायो ।।
(कवि तथा गीतकार: विज्ञानलाल श्रेष्ठ)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>