चितवन विशेष

चितवनका उपन्यासकार सिर्जन अविरलको बुद्ध दर्शनमा आधारित उपन्यास ‘तथागत’

Banner

चितवन, वैशाख ३-

चितवनका कवि, गजलकार तथा उपन्यासकार सिर्जन अविरलको दोस्रो उपन्यास ‘तथागत’ सार्वजनिक हुने भएको छ ।

बुद्ध दर्शनमा आधारित सो उपन्यास सांग्रिला बुक्सले छापेको हो ।

झण्डै ४६ हजार शब्दसहित २५० पृष्ठ रहेको सो उपन्यासले सानै उमेरमा गुम्बामा पुगेकी आनीको कथालाई समेटेको छ । उपन्यासकार स्वयं चितवन र काठमाडौँका विभिन्न गुम्बामा पुगेर आनीहरुको बारेमा लामो अध्ययन गरेर उपन्यास तयार पारेका हुन् । गुम्बाभित्र रहेका आनी र भन्तेको मनोविज्ञानलाई उपन्यासले चित्रण गर्न खोजेको छ ।

झण्डै चार वर्ष लगाएर लेखिएको यो उपन्यासमार्फत् चितवनले देशको साहित्यिक इतिहासमा एउटा नयाँ इँटा थप्ने विश्वास लिइएको छ ।

भरतपुर महानगरपालिका–५ कविडाँडाका स्थायी बासिन्दा अविरल यो उपन्यास पाँचौ कृति हो । उनका यसअघि २०६१ सालमा ‘म आकाश हेरिरहेछु’ कविता सङ्ग्रह, २०६२ मा ‘आदिगायक सेतुरामदेखि दिलमाया खातीसम्म’ जीवनी सङ्ग्रह, विसं २०७० मा क्यान्टोनमेन्ट र अरु कविताहरु, २०७८ सालमा मोक्ष उपन्यास प्रकाशित भइसकेका छन् । साहित्य क्षेत्रमा आधादर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेको अविरल अक्षर समूह चितवन र अभिव्यञ्जना साहित्य प्रतिष्ठानका संस्थापक हुन् । उनी अहिले भरतपुरको गुरुकुल कलेजको शैक्षिक निर्देशकको रुपमा कार्यरत रहेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>