अन्तर्राष्ट्रिय

पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याएको विरोधमा

Banner

फ्रान्स, माघ २९-

फ्रान्समा सेवानिवृत्तिभरण अर्थात् पेन्सन पाउने उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्या‍उने योजनाको विरोध गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन् । फ्रान्सेली सरकारले सेवानिवृत्तिभरण कोषको बोझ कम गर्न भन्दै पेन्सन पाउने उमेर बढाएपछि त्यहाँका नागरिकले विरोध गरेका रोयटर्सले जनाएको छ ।

पश्चिमा समृद्ध देशहरूमध्ये फ्रान्समा सबैभन्दा लामो पेन्सन अवधि छ । फ्रान्सेली नागरिकले यो व्यवस्थाको निरन्तर हुनुपर्ने माग गरे पनि सरकारले सेवानिवृत्तिभरणको बोझ बढी भएको बताएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेन्सन प्रणालीको निरन्तरताका लागि सुधार आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

फ्रान्सका श्रमिक सङ्गठनहरूले सरकारले आफ्नो माग पूरा नगरे मार्च ७ तारिखदेखि फ्रान्समा जनजीवन प्रभावित हुनेगरी हड्ताल गर्ने चेतावनी दिएका छन् । राजनीतिक दलबीच भएको मतभेदका कारण संसदमा विवाद बढेपछि सरकारले संसदमा मतदान नगरी अध्यादेशमार्फत् संशोधन कार्यान्वयन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>