बजार

बजार र मूल्य नपाएको भन्दै झापाका किसानले अण्डा र कुखुरा सडकमा फयाँकेर गरे विरोध

Banner

झापा, माघ २४-

झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंका अनुसार उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोध जनाएका हुन् । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताए ।

‘हामीसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानु परेको छ,’ उनले भने, ‘सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको छ, यो स्थिति हटाउट सरकारले पहल गर्नुपर्छ ।’ किसान सडकमा लिएर आएका अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए । ‘कुखुरा पाल्ने स्थिति नै छैन । के पाल्नु भनेर त्यहीँ छाडेर आयौं’, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>