देश/प्रदेश
माओवादी केन्द्रकी अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन
०

काठमाडौँ, माघ २३-
नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएकी छन्।
अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएकी हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि अर्यालको एक्लो उम्मेदवारी परेको थियो।
राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ प्रस्तावक थिए भने समर्थकमा नेकपा एमालेका सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा थिए।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























