राजनीति
रास्वपाको बैठकमा मोबाइल बोक्न बन्देज
०

काठमाडौं, माघ २२-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक अहिले केन्द्रीय कार्यालयमा जारी छ ।
बैठकको गोपनीयता कायम राख्न नेताहरूलाई मोबाइल बोक्न रोक लगाइएको एक केन्द्रीय सदस्यले बताए ।यसअघि बैठककै क्रममा सञ्चारमाध्यममा सूचना लिक भएको भन्दै मोबाइलमा रोक लगाइएको हो ।
सबै केन्द्रीय सदस्य र सांसदहरूको मोबाइल एकै ठाउँमा जम्मा गरेर राखिएको छ । बैठकपछि सभापति रवि लामिछानेले नै पत्रकार सम्मेलन गरेर निर्णयबारे जानकारी दिनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























