राजनीति

रास्वपा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी होः नेपाल

Banner

काठमाडौँ, माघ २१-

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पाँचौँ बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । अध्यक्ष नेपालको प्रतिवेदनमा संसद्भित्र रहेका राजनीतिक दलहरूको चरित्रको बारेमा पनि व्याख्या गरिएको छ ।

अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील रहेको अध्यक्ष नेपालको भनाई छ ।

उनले प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन। यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>