राजनीति

गृह मन्त्रालय रास्वपालाई नदिने प्रधानमन्त्रीको अडान कायमै

Banner

काठमाडौँ, माघ २१–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृह मन्त्रालय तत्काल नदिने अडानलाई कायमै राखेका छन्। प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापतिबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैंसँग राख्ने उनी निकट स्रोतले जानकारी दियो ।

‘प्रधानमन्त्रीले अहिले कसैलाई गृहमन्त्री बनाउनु हुन्न। पहिलो कुरा सर्वोच्च अदालतको पूर्णपाठ आउनुपर्छ। दोस्रो राहदानीबारे पनि टुंगिनुपर्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘रवि लामिछानेजी गृहमन्त्री बन्ने भएकाले एउटा परिस्थितिमा उहाँलाई बनाइएको हो। तर अब जुनसुकै नेतालाई गृह मन्त्रालय दिने भन्ने हुँदैन।’

प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहकार हरिबोल गजुरेलले गृह मन्त्रालयबारे बाहिर आएजस्तै धारणा प्रधानमन्त्रीको रहेको बताए। बिहीबार बसेको रास्वपा केन्द्रीय सदस्य र संसदीय दलको संयुक्त बैठकले दुई दिनभित्र गृह मन्त्रालय आफूले पाउनुपर्ने अडान लिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>