राजनीति

जसपाले निर्वाचनमा अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने

Banner

काठमाडौँ, माघ २०–
जनता समाजवादी पार्टी, नेपालले निर्वाचनको समयमा पार्टीभित्र रहेर अन्तर्घात गर्ने, आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, निर्वाचनको समयमा निष्क्रिय रहने वा असहयोग गर्नेहरूलाई कारबाही गर्ने भएको छ ।

बारा जिल्ला समन्वय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले “निर्वाचनमा धोका दिने नेता कार्यकर्तालाई पार्टीमा कुनै स्थान नहुने” बताएका थिए ।

निर्वाचनमा भएका गतिविधिबारे छानबिन गर्न बनेको समितिले अन्तर्घातको आरोपितहरूलाई पत्र काटेरै स्पष्टीकरण लिन थालेपछि निर्वाचनमा अन्तर्घात गर्नेहरूप्रति जसपा कठोर बन्ने सङ्केत देखिएको छ ।

शिवलाल थापा संयोजकत्वको ५ सदस्यीय समितिले केन्द्रीय तहका नेताहरूको छानबिन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>