राजनीति

रवि लामिछानेविरुद्धको उजुरी प्रहरीद्धारा लिन अस्वीकार

Banner

काठमाडौं,माघ १७-

काठमाडौं प्रहरीले निवर्तमान गृह मन्त्री रवि लामिछानेविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ । लामिछानेले अमेरिकाको राहदानी हुँदाहुँदै नेपाली राहदानी बनाएको विषयमा छानबिन गर्न माग गर्दै युवराज पौडेलसहितको टोली प्रहरीकहाँ पुगेको थियो ।

उनीसहितको टोलीले नागरिकता लिँदा पनि अहिले प्रक्रिया पूरा नगरेको र राहदानीका विषयमा अनुसन्धानको माग गर्दै निवेदन लिएर गएको थियो । प्रहरीले भने अदालतको पूर्णपाठ नआउन्जेल निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय नगर्ने भन्दै त्यसपछिमात्रै आउन भनेको छ । पौडेलले भने, “अहिले प्रहरीबाट जाहेरी खारेज भएको पनि होइन तर फैसलाको पूर्णपाठ प्राप्त भएपछिमात्र जाहेरी दर्ता गर्ने वा नगर्ने निर्णय हुन्छ भनेर फर्काइयो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>