राजनीति
संसद बैठकमा राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाउन सांसद सोविता गौतमको प्रस्ताव
०

काठमाडौं,माघ १७-
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी कि सांसद सोविता गौतमले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा संसद वैठकअघि राष्ट्रिय धुनको साटो राष्ट्रिय गान बजाउन प्रस्ताव गरेकी छिन् ।
हरेक दिन संसद बैठक सुरू हुनुअघि राष्ट्रिय धुन बजाउने र सबै सांसदहरू उठने हालको नियमावलीमा छ । त्यसलाई संसोधन गर्दै गौतमले राष्ट्रिय गान नै बजाउनु उपयुक्त हुने बताएकी हुन् ।
कतिपय सांसदहरूलाई देशको राष्ट्रिय गान पनि कण्ठ नभएकोले यो व्यवस्था प्रभावकारी हुनसक्ने उनको तर्क थियो । साथै उनले राष्ट्रिय गान बजाउँदा सांसदहरूमा राष्ट्रियताको भाव थप मजबुत हुने पनि बताइन् ।
सोविताको प्रस्तावलाई केही सांसदले समर्थन गरे भने केहीले यो आवश्यक नरहेको बताए । आज बस्ने बैठकमा थप छलफल हुनेछ ।नियमावली मस्यौदा समितिमा २१ सदस्य छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























