राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

०
Banner

काठमाडौँ, माघ १७–

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न हिजो सुरु भएको पदाधिकारी बैठक आज पनि जारी रहने भएको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचन लगायतका विषयमा छलफल हुनेछ।

हिजो बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ।

यसअघि आज स्थायी कमिटी बैठक बस्ने भनिए पनि बैठक बैठक भोलिलाई सरेको छ। गत बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको थियो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>