राजनीति
अन्त ठाउँ नभएर म नेकपा एसमा आएको हो: घनश्याम भुसाल
०

रुपन्देही, माघ १६-
नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र एमाले नेता भीमबहादुर रावल छिट्टै नेकपा एसमा आउने बताएका छन् ।
उनले भने , ‘अब एजेण्डाका आधारमा उहाँहरू अन्त जाने ठाउँ छैन, म त अन्त ठाउँ नभएर आएँ, ‘यसैको सिलसिलामा वामदेवजी र भीमजीसँग वार्ता भइरहेको छ।’
उनले समाजवादीलाई २१औँ शताब्दीको पार्टी बनाउने दाबी गरे । उनले नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालीन एमालेको नवौँ महाधिवेशनले पारित गरेको नीति, विचार र सिद्धान्तलाई अंगिकार गरेकाले आफू पनि समाहित भएको बताए ।
उनले समाजवादी पार्टीको आफ्नै परिचयसहित स्थापित हुने बताए । उनले समाजवादी तत्काल कोही कसैसँग ढल्कने, टाँसिने गरी अगाडि नबढ्ने स्पष्ट पारे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























