राजनीति

अब मैले भन्नुपर्ने केही छैन, गर्नुपर्ने धेरै छः रवि लामिछाने

Banner

काठमाडौं,माघ १५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भने अब आफूले भन्नुपर्ने बाँकी केही नरहेको बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीले बोल्न गरेको आग्रहमा रविले आफूले अब बोल्नुपर्ने बाँकी केही नरहेको बरु गर्नुपर्ने धेरै रहेको बताए ।

अब मैले भन्नुपर्ने केही पनि छैन । गर्नुपर्ने चिजहरू छन्,रविले भने । गएको शुक्रबार सर्वोच्च अदालतले उनको नेपाली नागरिकता अवैध रहेको ठहर गरेपछि उनले उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । तर, आज उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट फेरि नेपाली नागरिकता लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>