राजनीति
रवि लामिछानेले राहदानी विभागमा फिर्ता गरे नेपाली पासपोर्ट

काठमाडौँ, माघ १५–
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निस्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी (पासपोर्ट) फिर्ता गरेका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए लगत्तै उनले राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन् । लामिछानेले अमेरिका नागरिकता हुँदाहुँदै नेपाली राहदानी निकालेको भन्दै विवादमा छन् । यस विषयमा प्रहरीले अनुसन्धान समेत थालेको थियो । तर गृहमन्त्री भएर आएपछि रविको पासपोर्टको विवादको छानविन रोकिएको छ ।
राहदानी सम्बन्धी कानूनमा आफ्नो नाममा जारी भएको राहदानी आफूलाई आवश्यक नभएको वा अन्य कुनै कारणले आफूसँग राख्न नसक्ने भनी विभागमा फिर्ता गर्न सकिने व्यवस्था छ ।
२१ फेब्रुअरी २०१४ (२०७०) मा अमेरिकी नागरिकता लिएका लामिछानेले निष्क्रिय भैसकेको नेपाली नागरिकताका आधारमा सन् २०१५ मा नेपाली राहदानी लिएका थिए । जुन उनले फिर्ता गरेका हुन् ।



























