Breaking News
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो, फैसलाबारे छलफल गर्दै न्यायाधीश
०

काठमाडौं, माघ १३-
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।
शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।
सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।
संवैधानिक इजलासले यो मुद्दामा आजै फैसला सुनाउँछ कि फैसला सुनाउने दिन तोक्छ भन्ने अहिले स्पष्ट छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























