कर्पोरेट

भरतपुरको आवर कोल्वजेटले जित्यो एक लाख पुरस्कार

Banner

चितवन, माघ ४-

चितवन महोत्सवमा मेड इन नेपालले आयोजना गरेको प्रतियोगितामा भरतपुर केन्द्रीय बसपार्क स्थित आवर कोल्वजेटले एक लाख रुपैयाँ पुरस्कार जित्न सफल भएको छ ।

महोत्सवको समापनको अवसरमा आज कोल्वजेटलाई पुरस्कृत गरिएको हो ।

मञ्चका जिल्ला संस्थापक अध्यक्ष निर्देश सेढाई, पूर्वअध्यक्ष दाताराम घिमिरे, वर्तमान अध्यक्ष सूर्यभक्त अधिकारीले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका छन् । नेपाल उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सवमा तेस्रो संकरणको मेड इन नेपाल एक्सपो भएको थियो ।

संस्थापक अधयक्ष सेढाईले नेपालमा बनेको समानको प्रमोट गर्न मञ्च सधै तत्पर रहेको बताए । उनले भने, ‘नेपालको वाई वाई चाउचाउ, शेर्पा टिसर्ट, गोल स्टार जुत्ता विश्व बजारमा पुगिसेको छ । मञ्चको तर्फबाट पनि सहयोग गरिरहेका छौं ।’ सेढाइँले मेड इन नेपाल समारोहले नेपाली ब्राण्डमा राम्रो सहयोग पु¥याएको विश्वास व्यक्त गरे ।

पूर्वअध्यक्ष घिमिरेले मेड इन नेपाल ३५ वटा देशमा फैलिसकेको जानकारी दिए । नेपालमा सन् २००३ सालमा स्थापना भएको उनको भनाइ छ । देशको ७ वटै प्रदेशमा फिजिसकेको मेडइन नेपाल चितवनमा भने सन् २०१५ मा स्थापना भएको घिमिरेको भनाइ छ ।

आवर कोल्वजेटकी कर्मचारी अनुस्का रानाले प्रतियोगितमा भाग लिई पुरस्कार जित्न पाउदा हौसला मिलेको बताइन् । ‘मेहेनतको फल मिठो हुन्छ भन्थे हो रहिछ । यो पुरकारले हौसला प्रदान गरेको छ । अझै राम्रो गर्दै जानेछौं’, उनले भनिन् ।
कोल्वजेटले डिजाइनर र्डेस, गाउन, लहंगा र सारी सेटहरु रेन्टसँगै बिक्री गर्दै आएको छ । नेपालमा मात्र नभई विदेशमा पनि यहाँको उत्पादन बिक्री हुने गरेको रानाले बताए ।

अनुस्का रानाले यहाँ लेडिज, जेन्ट्स, बच्चाको सबै प्रकारको पोशाक भाडामा पाइने तथा आफ्नो कपडा पनि भाडामा राख्न सकिने जानकारी दिइन् । उनको अनुसार मानिसमा कपडा भाडामा लानु पर्छ भन्ने धारणाको विकास भएकै कारण आजकाल धेरैले पोशाक भाडामा लैजान थालेका छन् । उनी भन्छिन्, ‘हाम्रोमा बेबी सावर, पास्नी, ब्राइडल, रेसेप्सन, मेहेन्दी ड्रेस तथा केटाको मोदी कोट, दौरा सुरुवाल, सेट कुर्थी रेन्टमा तथा अडरमा पाइन्छ ।’ कपडा अनुसार भाडा तय गरिएको उनले जानकारी दिइन् । यसरी कपडा रेन्टमा लैजादा पैसा सँगसँगै समयको समेत बचत हुने उनको भनाइ छ । त्यस्तै उनले ग्राहकको अर्डर अनुसार नयाँनयाँ डिजाइनको ड्रेस बनाइँदँै आएकोले पछिल्लो समय राम्रा प्रतिक्रिया आउने गरेको जानकारी दिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>