Breaking News

अदालतबाट सफाइ पाए पनि पल शाह यसकारण तत्काल थुनामुक्त हुँदैनन्

Banner

चितवन,माघ ३-

पल शाहलाई तनहुँ जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको अभियोगमा सफाइ दिएको छ । तर, शाहविरुद्ध जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोग कसुरमा सजाय तोकेको हुँदा उनी तत्काल थुनामुक्त हुनेछैनन् ।

पल शाहविरुद्ध नाबालिग गायिकालाई विभिन्न समय तथा स्थानमा बलत्कार गरेको आरोप रहेको थियो । जिल्ला अदालत नवलपुर र जिल्ला अदालत तनहुँमा अलग–अलग समयमा भएको जबरजस्ती करणी कसुरमा पलविरुद्ध अलग–अलग अभियोग दायर भएको थियो । शाहलाई नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको कसुरमा सफाइ दिए पनि प्राप्त प्रमाण र सबुतहरुको आधारमा बालयौन दुरुपयोगको कसुरमा दोषी ठहर गरेको थियो । बालयौन दुरुपयोगको कसुरमा पललाई दुई वर्ष ६ महिना कैद सजाय र पीडितलाई १० लाख जरिवाना भराउने अदालतले फैसला गरेको थियो ।

तनहुँ जिल्ला अदालतले भने उनलाई पूर्णरुपमा सफाइ दिएको छ । तनहुँबाट पूर्णरुपमा सफाइ पाए पनि शाहले नवलपुरको कैद सजाय भुक्तान भइनसकेको हुँदा उनी तत्काल कैदमुक्त हुनेछैनन् । नवलपुर जिल्ला अदालतको फैसला शाहको तर्फबाट पुनरावेदनका लागि उच्च अदालत पोखरामा पुगेको छ । उच्च अदालतले नवलपुरको फेसला बदर गरेमा वा कैद सजाय भुक्तान भएमा मात्र उनी रिहा हुनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>