चितवन विशेष

पार्वतीपुरको अन्नपूर्ण माविले मनायो ६२ औं वार्षिकोत्सव

Banner

चितवन, माघ ३-

भरतपुर महानगरपालिका–२१ पार्वतीपुरको अन्नपूर्ण माध्यमिक विद्यालयले ६२ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको भरतपुरका उपमेयर चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले शिक्षा कै कारण विश्वले विकासमा कायापलट हुने गरी परिवर्तन गरिरहेको बताए । उनले भने, ‘शिक्षा बिनाको विकास सम्भब छैन । जहाँ शिक्षा हुन्छ त्यहाँ विकास हुन्छ ।’ उपमेयर अधिकारीले पृथ्वीमा मानव सभ्यताको विकास भएसँगै शिक्षाको पनि विकास भएको बताउँदै शिक्षा बिनाको मानव जीवन अपूर्ण रहने उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक बटुकलाल तामाङले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सुमित्रा न्यौपाने, भूतपूर्व प्रध्यानाध्यापक शिवबहादुर गुरुङ, विद्यालयका भूतपूर्व विद्यार्थी बाबुराम भट्टराई, शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख भूमिलाल सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>