चितवन विशेष
चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एकको मृत्यु,एक गम्भिर घाइते
०

चितवन, पुस २९-
चितवनको रत्ननगरमा मिनि ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका १० बस्ने २२ वर्षीय अमित महतोको घटनास्थलमै मृत्य भएको हो । मोटरसाईकलमा पछाडी सवार रहेका रत्ननगर नगरपालिका १० का २७ वर्षीय बिश्वास महत्तो गम्भिर घाइते भएका छन् । महत्तोलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो १२ः२० बजे रत्ननगर नगरपालिका १२ जमुनापुरबाट बकुलहर जाँदै गरेकोे ना. ४२ प.४४५३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएकोे ना.४ ख.५३०१ नम्बरको मिनि ट्रकले ठक्कर दिएको थियो । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























