राजनीति

घनश्यामलाई स्वागत गर्दै नेपालले भने- कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्नेछौँ

Banner

काठमाडौं,पुस २९-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गरेका छन् । आज (बिहिबार) अध्यक्ष नेपालले नेता भुसाललाई पार्टीमा स्वागत गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताएका छन् ।

अध्यक्ष नेपालले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताए । उनले भने, ‘हामीले हाम्रो पार्टी बनाएरमात्रै पुग्दैन। सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’

पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा नेता भुसाल जोडिएपछि अध्यक्ष नेपालले खुशी व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>