राजनीति

दीपक मनाङेले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने

Banner

काठमाडौं, पुस २९-

सांसद राजीव गुरुङ (दीपक मनाङेले) ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएका छन् । उनले सरकार गठनको बेलामा मुख्यमन्त्री अधिकारीलाई समर्थन गरेपनि विश्वासको मत नदिएर रचनात्मक प्रतिपक्षमा बन्ने बताए ।

‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिने विश्वासको मतमा म मनाङ जिल्ला ९ख० बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’ उनले फेसबुकमा लेखेका छन् ।

उनले एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर रचनात्मक काम गर्नु उचित ठानेको लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>