राजनीति

प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा लागे प्रचण्ड

Banner

काठमाडौं,पुस २७-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा लागेका छन्। पृथ्वी जयन्तीको अवसरमा गोरखा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन गर्न प्रचण्ड गोरखा गएका हुन् ।

प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सांसद राजेन्द्र बजगाईंपनि गोरखा गएका छन् ।
आज पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती पनि हो। प्रधानमन्त्री प्रचण्डले गोरखामा पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>