कृषि

चितवनका उत्कृष्ट तीन किसान पुरस्कृत

Banner

पुजा ढकाल,

चितवन, पुस १८

कृषि ज्ञान केन्द्र चितवनले जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गरेको छ ।

ज्ञान केन्द्रले जिल्लामा रहेर विगत लामो समयदेखि व्यवसायिकरुपमा कृषि गर्दै आएका तीन किसानलाई पुरस्कृत गरेको हो । कृषि ज्ञान केन्द्रका योजना अधिकृत उमराज अर्याललका अनुसार १० हजार पुरस्कार राशी सहित उनीहरुलाई पुरस्कृत  गरिएको छ ।  पुरस्कृत  हुनेमा रत्नन्गर नगरपालिका–१२ का कृष्ण पन्त, भरतपुर महानगरपालिका–१७का विष्णुबहादुर विश्वकर्मा र माडी नगरपालिका–६ का सरोज साहाचली रहेकोे अर्यालले नारायणी अनलाइनलाई जानकारी दिए । उनको अनुसार विगत १५ वर्षदेखि जिल्लामा रहेर व्यवसायिकरुपमा पन्तले केरा खेती गरेका छन् । त्यस्तै, भरतपुरका विश्वकर्माले च्याउ खेती तथा माडीका चलीले माछा र बाख्रापालन गर्दै आएका छन् ।

ज्ञान केन्दले सूचना निकालेर बिगत एक महिना पहिले जिल्लामा रहेर खेती किसान गर्दै आएका किसानसँग दर्खास्त मागेको थियो । जसमा जिल्लामै कृषि गर्दै आएका ४६ जनाले निवेदन दिएको बताउँदै अर्याल भन्छन्, ‘उक्त निवेदनलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा ज्ञान केन्द र भेटिनरी हस्पिटल तथा पशु सेवा केन्द्र मिलेर अनुगमन गरिएको थियो । जुन अनुगमन पछि हामीले जिल्लामा रहेका उत्कृष्ट किसान छनोट गरी पुरष्कृत गरेका हौं । ’

कृषि क्षेत्रमा नयाँ मेसिनरी सामानको प्रयोग गर्दै जिल्लाको कृषि क्षेत्रमा लामो समय बिताएका तथा व्यवसायिक रुपमा कृषि गरेका प्रेरणादायी र उदारणीय बनेका किसानलाई ज्ञान केन्द्रले विगत २०५९ सालदेखि सम्मान गर्दै आएको उनी बताउँछन् । । उनको अनुसार बर्सेनि जिल्लाका तीन किसानलाई १० हजार रकमसहित ज्ञान केन्दले पुरष्कृत गर्दै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>