चितवन विशेष

यातायातमा महानगरको नयाँ नियमले विद्यार्थी समस्यामा परेको भन्दै अनेरास्ववियूले बुझायो ज्ञापनपत्र

Banner

चितवन,पुस १७-

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भरतपुर महानगर कमिटीले सार्वजनिक यातायातमा विद्यार्थीलाई छुट दिन माग गर्दै भरतपुर महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । आइतबार अनेरास्ववियुले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।

भरतपुर महानगरपालिकामा यातायातमा लगाइएको नियमले विद्यार्थीमा समस्या भएको भन्दै निर्णय सच्चाउन अनेरास्ववियुले माग गरेको छ । भरतपुरमा चितवनसहित विभिन्न जिल्लाबाट आएर विद्यार्थीहरु अध्ययन गरिरहेको भन्दै विद्यार्थीलाई सौलियत दिनुपर्नेमा झन् सास्दी दिइएको अनेरास्ववियु भरतपुर महानगर कमिटी अध्यक्ष सेचत सुवेदीले बताउनुभयो । उहाँले आफूहरुले राखेका माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विद्यार्थीका मागका विषयमा सकरात्मक रहेको भन्दै छिट्टै सरोकारवालाको बैठक राखेर निर्णय कार्यान्वनय गरिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>