Breaking News
चितवनको रत्ननगरका पनि अवैध संरचना भत्काइने,सूचना जारी गर्ने तयारीमा नगरपालिका

चितवन, पुस ९-
रत्ननगर नगरपालिकाले पनि नगरपालिका क्षेत्रमा सार्वजनिक जग्गामा बनेका अवैध संरचना भत्काउने निर्णय गरेको छ ।
नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले अवैद्य र अव्यवस्थित संरचना भत्काउनेबारे नगरपालिकाले निर्णय गरिसकेको जानकारी गराएका हुन् । पाठकले यसै हप्ता सार्वजनिक सूचना निकालेर काम सुरु गरिने नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ हामी काठमाडौँ गएकोले केही दिन ढिला भयो । नगरपालिकाले सार्वजनिक जग्गामा बनेका अवैध संरचना भत्काउने निर्णय गरिसकेको छ । अब यसै हप्ता सूचना निकालेर भत्काउन थाल्नेछौं ।’ उनले भरतपुरमा जस्तो धेरै संरचनाहरु रत्ननगर नगरपालिकामा नभए पनि जति छन् अब भत्काइने बताए ।
उपमेयर पाठकले सुकुमबासी समस्या भने राष्ट्रिय समस्या भएकोले सुकुमबासी हटाउन भने आफूहरुले केही गर्न नसक्ने बताए । उनले भने, ‘ सुकुमबासी समस्या राज्यको समस्या हो । यसको उचित विकल्प नभएसम्म केही गर्न सकिँदैन ।’

























