अन्तर्राष्ट्रिय

पूर्व प्रधानमन्त्री राजिव गान्धीका हत्यारालाई रिहा गर्न भारतको सर्वोच्च अदालतको आदेश

Banner

काठमाडौं, पुस ८-
भारतको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री राजिव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई ३१ वर्षपछि रिहा गर्न सरकारलाई आदेश दिएको छ। घटनामा संलग्न महिला नलिनी श्रीहरन र अन्य पाँच जनालाई रिहाईको आदेश दिएको सिएनएनले लेखेको छ। सन् १९९१ मे २१ मा तामिलनाडुका राजिव गान्धीको आत्मघाती बम हमलामा हत्या भएको थियो।

घटना भएको एक सातापछि उनीहरू पक्राउ परेका थिए। त्यो घटना श्रीलंकाको विद्रोही समूह तामिलले गरेको आरोप लाग्दै आएको थियो। सन् १९८७ मा श्रीलंकाको गृहयुद्ध अन्त्यका लागि भन्दै भारतीय सेना पठाएकोमा रूष्ट विद्रोही तामिल समूहले हत्या गरेको चर्चा हुँदै आएको थियो।

तामिलनाडु सरकारले जेलमा रहेकालाई रिहाईका लागि केन्द्रीय सरकारसँग माग गर्दै आएको थियो। भारतको सर्वोच्च अदालतले घटनामा संलग्न भनिएका एजी पेरारिवलनलाई गत मे मा रिहाईको आदेश दिएको थियो। घटनाको समयमा १९ वर्षका उनले आत्मघाती बमका लागि ब्याट्री खरिद गरेका थिए। हत्यामा प्रत्यक्ष संलग्न नभए पनि त्यस षडयन्त्रमा सामेल भएको भन्दै उनलाई जेल चलान गरिएको थियो।

राजिव गान्धीले चाहना नराखे पनि प्रधानमन्त्री बनेको भाष्य भारतीय राजनीतिमा छ। उनी ४० वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए। अंगरक्षकले आमा ईन्धिरा गान्धीको हत्या गरेपछि उनी प्रधानमन्त्री बनेका थिए। करिब एक दशक राजनीतिमा बिताएका उनी सन् १९८९ को आम निर्वाचनमा पराजित भएका थिए। त्यसको दुई वर्षपछि उनको हत्या भएको थियो।

आफ्नो शासनकालमा उनले विद्रोही समूहसँग शान्ति सम्झौतासमेत गरेका थिए। भारतको प्रविधि विकासमा योगदान पुर्‍याएको भन्दै उनलाई भारतमा सूचना प्रविधिको पिताका रूपमा पनि चिनिन्छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>