चितवन विशेष

भरतपुरमा अपाङ्गता भएका व्यक्ति र परिवारको कथामा आधारित जागरण गीत ‘आऊ साथी’ सार्वजनिक

Banner

चितवन, पुस ६-

भरतपुरमा अपाङ्गतासम्बन्धी जागरण गीत सार्वजनिक गरिएको छ ।

दिवा स्याहार केन्द्र भरतपुर–२६ ज्योतिनगरको आयोजना र तिमीसँग अम्बिका अभियानको सहयोगमा ‘आउ साथी एउटा खुशीको दियो बालौं’ बोलको गीत सार्वजनिक गरिएको हो ।

अपाङ्गता भएका व्यक्ति र परिवारको कथामा गीत र भिडियो आधारित छ । जसले आफ्नो अपनत्व आफै गरौं भन्ने सन्देश दिएको छ । साथैै कुनै पनि हालतमा पछाडि पर्न नहुनेमा जोड दिन्छ । संघर्ष गरे समाजमा अपाङ्गता भएकालाई हेर्ने संकुचित नजरिया बदलिन सकिने भिडियो मार्फत् देखाउन खोजिएको छ ।

काठमाडौं, झापा, विराटनगरमा यस गीतको प्रबद्र्धन भइसकेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान, अस्मिता अधिकारीले गीतमा स्वर दिएका छन् । गीतकार नरेश प्रधान र संगीतकार शक्ति बल्लव रहेका छन् ।
दिवा स्याहार केन्द्र भरतपुरका अध्यक्ष लक्ष्मीकान्त घिमिरेको अध्यक्षतामा भएको गीत सार्वजनिक कार्यक्रममा राप्ती नगरपालिका महिला विकास अधिकृत अजिमाया दूरा प्रमुख अतिथि थिइन् । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन विभाग संयोजक टेकनाथ न्यौपाने, सुस्तमनस्थिति कल्याण संस्थान नेपाल केन्द्रीय उपाध्यक्ष निर्मलकुमार श्रेष्ठ, बहिरा महासंघ बाग्मती प्रदेश अध्यक्ष विष्णुकुमारी पौडेललगायतले मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>