चितवन विशेष
भरतपुरको एपेक्स एकेडेमीद्वारा क्षेत्रपुरका विभिन्न ठाउँमा सरसफाइ
०

चितवन, पुस ५-
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको एपेक्स एकेडेमीले बजारको विभिन्न ठाउँमा सरसफाइ गरेको छ ।
बातावरण स्वच्छ राख्न शहरलाई प्लास्टिक मुक्त बनाउन भन्दै सुरु गरेको अभियानमा एकेडेमीका शिक्षक र विद्यार्थीले विद्यालयदेखि रामेश्वर चोक र माइक्रो पार्क चोकसम्म सरसफाइ गरेका ह्ुन् ।
भरतपुर–२ का वडा अध्यक्ष मनोज रानाभाटले उद्घाटन गरेको सरसफाइ अभियानमा कक्षा ६ देखि १० सम्मका विद्यार्थी, शिक्षक र नगर प्रहरी गरेर २०० जनाको सहभागिता रहेको एकेडेमीका शिक्षक भिमराज खनालले नारायणी अनलाइनलाई जानकारी दिए । सरसफाइ अभियानको समापन गर्दे वडा अध्यक्ष रानाभाटले प्लास्टिक मुक्त वडा बनाउन ठोस योजना लिएर आउने बताए ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























