Breaking News

सिजिआरले तीन लाख तिरेपछि शिल खोलियो, भोलि पुनः अनुगमन गरिने

Banner

चितवन, पुस ५–

चितवन गार्डेन रिसोर्ट (सिजिआर)ले तीन लाख रुपैयाँ जरिवाना तिरेपछि दुई वटा किचनमा लगाइएको शिल खोलिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा गठित अनुगमन समितिले आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई अनुगमन प्रतिवेदन बुझाएको थियो ।

प्रजिअ तामाङले प्रतिवेदन अनुसार नै सिजिआरलाई ३ लाख रुपैयाँ जरिवाना गर्न आदेश दिएका थिए । सिजिआरले जरिवाना बापतको उक्त रकम आइतबार नै तिरेपछि सिजिआरको दुई वटा किचनमा लगाइएको शिल पनि आइतबार नै खोलिएको अनुगमन समिति संयोजक शर्माले बताए ।

पुस ६ गते (भोलि)सम्म सरसफाइ लगायतका सम्पूर्ण काम चुस्तदुरुस्त राख्नका लागि शिल खोलिएको उनले बताए । भोलिसम्म किचनमा सरसफाइलगायत व्यवस्थापनका काम भएन भने फेरि थप समय दिएर काम गर्न लगाउने र त्यसपछि मात्रै होटल सञ्चालन हुन दिइने उनले बताए । सिजिआरमा बिहे भोज खाएका करिब २०० जना विरामी भएपछि अनुगमन समितिले शिल गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>