Uncategorized

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

Banner

मंसिर २५-

जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेको छ । पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासको अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हो । पाकिस्तानमा गएको वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासको अत्यधिक माग बढेको छ ।

सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासको अभाव भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेको नागरिकको गुनासो छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्ने भए पनि मात्रै ३८ प्रतिशत उपभोग गर्छ । तीन प्रतिशत ग्यास उत्पादन हुने गरेको पञ्जाबमा ५२ प्रतिशत खपत हुने गर्छ। यस्तै, खैबर पख्तुनख्वामा ग्यास उत्पादन १५ प्रतिशत ग्यास उत्पादन हुन्छ भने सात प्रतिशत खपत हुने गरेको छ । बलुचिस्तानमा ग्यास उत्पादन १२ प्रतिशत र खपत दुई प्रतिशत मात्रै छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>