देश/प्रदेश

अवैध बाटोबाट अमेरिका हिँड्दा १० जना बन्धक, तीन जना पक्राउ

Banner

काठमाडौँ, वैशाख २८-

केन्यामा ९ महिनासम्म १० जना नेपालीलाई बन्धक बनाएको आरोपमा तीन जना प्रकाउ परेका छन् । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई बन्धक बनाएको आरोपमा तीन जना प्रकाउ परेका हुन् ।

पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली-१ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका- १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।

प्रहरीका अनुसार अवैध बाटोबाट अमेरिका हिँड्दा बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुकै उजुरीको आधारमा ३ जनालाई प्रहरीले प्रकाउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको जानकारी दिए ।

‘प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेको देखिन्छ । त्यसपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन्’, उनले भने ।

उनीहरुले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको प्रहरीले दाबी गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>