Breaking News
चितवनबाट श्रेष्ठ र विक बने कांग्रेसको समानुपातिक सांसद

चितवन, मंसिर २४-
नेपाली कांग्रेसले टुंगो लगाएको ३२ जना समानुपातिक सांसदमा चितवनबाट दुई जना परेका छन् ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिपछि पदाधिकारीसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले चितवनका दुईसहित बन्दसूचीबाट समावेशिताको आधारमा सांसदको नाम टुंगो लगाएका हुन् ।
चितवनबाट महिला नेतृहरु अन्जनी श्रेष्ठ र शान्ति विक रहेका छन् ।
विद्यार्थीकालदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ पद्यमकन्या क्याम्पसको स्ववियु सभापति हुँदै कांग्रेसको केन्द्रीय सदस्य रहेकी छन् । त्यस्तै संविधानसभाको सदस्यसमेत बनेकी श्रेष्ठ चितवनका प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठकी श्रीमती हुन् । त्यसैगरी भरतपुर–१२ की स्थायी बासिन्दा शान्ति विक नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहनुका साथै लामोसमयसम्म दलित आन्दोलनमा सक्रिय नेतृ हुन् ।
कांग्रेसले छानेका ३२ मध्ये २९ जना महिला रहेका छन् भने पुरुष तीन जना मात्रै रहेका छन् । ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण कांग्रेसबाट तीन जना पुरुषमात्रै समानुपातिक सांसद बनेका छन् ।
























