कर्पोरेट

भरतपुरको सिजी ल्यान्डमार्कमा विन्टर सेल सुरु, ब्रान्डेड सामानमा ८० प्रतिशतसम्म छुट

Banner

चितवन, मंसिर २२-

भरतपुरस्थित अन्तर्राष्ट्रिय स्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमलमा विन्टर सेल सुरु भएको छ । महाप्रबन्धक उज्ज्वल केसीले दिएको जानकारी अनुसार ग्राहकले मलप्रति दर्शाएको सद्भावको सम्मान स्वरुप र जाडो सुरु भएसँगै छुट दिइएको हो ।

भोलि मंसिर २३ देखि लागू हुने विन्टर सेल अन्तर्गत विख्यात ब्रान्डका सामानमा ८० प्रतिशतसम्म छुट दिइएको छ । केसीका अनुसार केटीएम सिटीले सेल अवधिमा विभिन्न सामानमा ८० प्रतिशतसम्म छुट दिइनेछ । त्यसैगरी लिनिङ ब्रान्डले सीमित स्टकमा ५० प्रतिशत छुट दिनेछ ।

विश्व विख्यात ब्रान्ड भान्सका सामानमा ४० प्रतिशत छुट पाइनेछ । त्यस्तै स्केचर्स, सिजी, सोनम, बिडब्लु, देनोभो जस्ता ब्रान्डले पनि भारी छुटका साथ सेल अफरमा भाग लिएका छन् । दुल्ला ब्रान्डले ५० प्रतिशतसम्म छुट घोषणा गरेको छ । सेल अफरमा सहभागी अन्य ब्राण्डहरुले पनि आकर्षक छुटको व्यवस्था गरेका छन् । सेल अफर एक महिनासम्म चल्ने महाप्रबन्धक केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>