राजनीति

रविलाई पार्टी सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी 

Banner

काठमाडौं, मंसिर २०–

रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट हटाउनुपर्ने माग गर्दै निर्वाचन आयोगका उजुरी परेको छ। नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले आयोगमा उजुरी दर्ता गराएका हुन्। उनको उजुरीमा विदेशी नागरिक वा गैरनेपाली नागरिकले उम्मेद्‌वार हुन, मतदान गर्न र राजनीतिक दल खोल्न कानुनले प्रतिबन्ध लगाएको दाबी गरिएको छ।

‘रवि लामिछानेका बारेमा जे जुन प्रश्नहरु उठेका छन् सो गम्भीर छन्। अनागरिक, गैरनागरिक वा विदेशी नागरिकका हातमा मुलुकको राजनैतिक सत्ता, मुलुकको कानुन बनाउने निकाय संसद् र राजनीतिको बागडोर पुग्दा मुलुकको सार्वभौमसत्ता, राजनैतिक स्वाधीनता र राष्ट्रियता नै अन्ततः कमजोर बन्ने र समाप्त हुने खतरा उत्पन्न हुन्छ’, उजुरीमा भनिएको छ, ‘तसर्थ, यस विषयको गम्भीरता र कानुनको शासनको प्रत्याभूतिका लागि तत्कालै निर्णय होस् भनि सविनयताका साथ निवेदन पेस गर्दछु।’

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) अन्तर्गत कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता स्वतः समाप्त हुने व्यवस्था रहेकाले लामिछानेको नागरिकता पनि स्वतः खारेज भएको जिकिर गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>