राजनीति

गण्डकीका स्वतन्त्र सांसद मनाङे माधव नेपालको समाजवादी पार्टीमा प्रवेश

Banner

पोखरा, मंसिर १९–

स्वतन्त्र रुपमा गण्डकी प्रदेश सभामा निर्वाचित सांसद एवं मन्त्री दीपक मनाङे माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

आज (सोमबार) दिउँसो पार्टी अध्यक्ष नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे गण्डकी प्रदेशका खेलकुद मन्त्री समेत हुन् । उनी यसअघि पनि स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । उनी हाल मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>