राजनीति

सिंहदरबारमा सिकेलाई औँला उठाउनेहरु गलत साबित भएको भन्दै भट्टराई खुसी

Banner

काठमाडौँ, मंसिर १९

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

राउतसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा राख्दै भट्टराईले आफूले संविधान निर्माणका क्रममा संवैधानिक समितिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उनलाई सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत साबित भएकोमा खुसी व्यक्त गरेका छन् ।

भट्टराईले जनमत पार्टीका अध्यक्ष राउत र अन्य पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल र भेटवार्ता भएको समेत बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>