राजनीति
आफ्नो जित सबैको जित हो भन्दै कार्कीले भनेः निर्वाचन तितामिठा कुरा बिर्सिएर सबै विकासका निम्ति लागौं
०

दोलखा, मंसिर १९
दोलखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका माओवादी केन्द्रका नेता गंगा कार्कीले निर्वाचनमा भएका तितामिठा कुरा बिर्सिएरविकासका निम्ति लाग्न आग्रह गरेका छन् ।
निर्वाचित भएपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले दोलखाली जनताको विकास उन्नती र प्रगति नै सबैभन्दा मुख्य कुरा हो भन्दै त्यसमै केन्द्रित हुन आह्वान गरेका हुन् ।
आफ्नो जित सबैको जित हो भन्दै उनले भने, ‘निर्वाचनको बेला थुपै्र तितामिठा कुरा भए होलान् । राम्रा नराम्रा कुरा भए होलान् । ती सबै कुरा बिर्सिएर, दोलखाको विकासका निम्ति लाग्न मलाई मत हाल्ने र नहाल्ने सबैलाई म अनुरोध गर्न चाहान्छु ।’
माओवादी केन्द्र दोलखाका संस्थापक समेत रहेका कार्कीले एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पाँच सय बढी मत अन्तरले हराएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























