राजनीति

एमाले नेता रिजाल भन्छन्- माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ

Banner

काठमाडौं, मंसिर १८-

नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रले छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्ने बताएका छन् ।

पाँच वर्षमा आधा सिट घट्दा पनि माओवादीले दक्षिणपन्थी पार्टीलाई नेता मानिरहेमा अब हुने निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न पनि मुश्किल हुने उनको दाबी छ ।

‘कम्तीमा दोस्रो पुस्ताका र युवा नेता–कार्यकर्ताले अब त बुझ्नुपर्ने हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफ्नै बचेखुचेको भविष्यका लागि पनि माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्छ । न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>