राजनीति
प्रचण्डलाई प्रधानमन्त्री बनाउन पेरिसडाँडा तात्यो
०

काठमाडौं,मंसिर १८–
नेकपा (माओवादी केन्द्र)ले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निष्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्यका लागि सबै विकल्प खुला राख्ने निष्कर्षमा माओवादी केन्द्र पुगेको हो ।
कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको पदाधिकारी बैठकले प्रचण्डकै नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको हो । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, सरकार गठन लगायत विषयमा छलफल गर्न बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























