चितवन विशेष

रत्ननगरको लाइसियम स्कुलमा बालबालिकाका लागि स्वास्थ्य शिविर

Banner

चितवन, मंसिर १७-

रत्नननगर नगरपालिका–१ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले बालबालिकाहरुका लागि स्वास्थ्य शिविर गरेको छ ।
शिविरमा नर्सरी र केजीमा अध्ययनरत विद्यार्थीहरुको चेकजाँच गर्नुका साथै आधारभूत औषधि वितरण गरिएको हो ।

पिनाकल फर्मा प्रालि भरतपुरका सञ्चालक आरके दुवाडीको समन्वयम निको बाल अस्पताल भरतपुरका बालरोग विशेषज्ञ डा. किशोर उप्रेती र डा. निशान नेपालले विद्यालयका कक्षा नर्सरी र केजीमा अध्ययनरत ११० जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरे ।

बालबालिकाहरुका विगतका स्वास्थ्य समस्या र विगतमा परीक्षण गरेका कागजातसहित अभिभावकहरुको उपस्थितिमा बालबालिकाहरुको उचाई, तौल नाप गरेर बडिमास इन्डेक्स ( बिएमआई) को परीक्षणसहित बालबालिकाहरुलाई बालरोग विशेषज्ञहरुले शुष्म चेकजाँच गरी आवश्यक औषधि र चिसो मौसमसँगै उत्पन्न हुन सक्ने रोग र स्वास्थ्य सजगताका बारेमा सल्लाह सुझावसमेत दिएका थिए ।

उक्त कार्यक्रममा पिनाकल फर्माका सञ्चालक दुवाडीले विशेषज्ञ चिकित्सकबाट सिफारिस गरेका औषधिहरु वितरण गर्दै सेवन गर्ने तरिका र स्वास्थ्य सजगताका सम्बन्धमा जानकारी गराएका थिए भने विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले अब उप्रान्त स्कुलका सबै विद्यार्थीहरुको आवधिक रुपमा विशेषज्ञ चिकित्सकको सहयोगमा स्वास्थ्य चेकजाँच गर्नुका साथै विद्यालयमा बालबालिकाहरुको स्वास्थ्य अवस्थाको अभिलेख राख्ने कार्यको थालनी गर्ने बताए । स्वास्थ्य परीक्षण कार्यक्रमको अन्तमा विद्यालयले विशेषज्ञ चिकित्सकहरु तथा समन्वयकर्तालाई सम्मान समेत गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>