राजनीति

स्याङ्जा-२ मा १० वडा गणना गर्न बाँकी, धनराजलाई पछ्याउँदै पद्मा

Banner

स्याङ्जा, मंसिर १७-

स्याङजा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर छन् भने उनलाई एमालेकी उम्‍मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् ।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् ।

पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छिन् । हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ । अब चापाकोट नगरपालिकाका १० वटा वडाको मात्र गणना बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>